• २०८३ जेष्ठ २८ गते बिहिवार

अक्सफोर्ड कलेजमा रक्तदान कार्यक्रम

पढ्न लाग्ने समय : १ मिनेट

माघ १५, बुटवल । रक्तदान जिवनदानु भन्ने मुल नारालाई आत्मसात गर्दै २०७६ माघ १५ गते बुधवारका दिन बुटवल–८, सुख्खानगर अवस्थित प्रदेश नं. ५ को उत्कृष्ट शैक्षिक प्रतिष्ठान अक्सफोर्ड कलेजको वार्षिक खेल सप्ताह अन्तर्गत रक्तदान कार्यक्रम सम्पन्न भयो ।

उक्त कार्यक्रमको समुद्घाटन क्याम्पस प्रमुख श्री मनोज मरासिनीज्यू बाट रक्तदाता विद्यार्थीहरुलाई द्यीइइम् द्यब्न् दिएर गर्नुभएको थियो । अक्सफोर्ड कलेजका स्नातक तहमा अध्ययनरत BBS, Bed, BHM र BIMका  ४० बिद्यार्थीहरुले रक्तदान गरेको कार्यक्रमको संयोजन कलेजका उप–प्राध्यापक श्री यमलाल खरेलले गर्नुभएको थियो ।

खेल सप्ताह अन्तर्गतका विभिन्न विधाका विजेता बिद्यार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र माघ १७ गते स्नातक तह BBS, Bed, BHM र BIM प्रथम बर्षमा अध्ययनरत बिद्यार्थीहरुलाई गरिने स्वागत कार्यक्रममा वितरण गरिने जानकारी क्याम्पस प्रमुख श्री मनोज मरासिनीले बताउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस