• २०८३ बैशाख २६ गते शनिवार

बागमति प्रदेशको बजेटबारे छलफल गर्दै संसदिय दलको बैठक जारि

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असार १८, मकवानपुर । नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको बैठक आज बसेको छ । प्रदेशका मुख्यमन्त्री एबम् दलका नेता मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठक सरकारले प्रस्तुत गरेको बजेटमाथि केन्द्रित रहेको थियो ।

बैठकमा बोल्दै मुख्यमन्त्री पौडेलले सरकारले ल्याएको बजेट एबम् बिकास निर्माणका बिषयमा प्रष्ट पार्नुभयो । यस्तै नेता राजेन्द्र पाण्डेले सम्बोधन गर्दैै तुलनात्मक रुपमा आव २०७८/७९ को बजेट सन्तुलित रुपमा बजेट आएको बताउनुभयो । बजेट सन्तुलित बनाउन सरकारले बिषेश भुमिका निर्बाह गरेको बताउनुभयो । प्रस्तुत बजेटमा केहि कमी कमजोरी हुन सक्ने भन्दै कमी कमजोरी सच्याउन सकिने भन्दै आगामी दिनमा सच्याउँदै अगाडि बढ्न सकिने बताउनुभयो ।सरकारले धेरै राम्रा काम गरेको र त्यसको बिषयमा प्रदेश सभामा आज हुने बजेट माथिको छलफलमा र बजेट सन्तुलित रुपमा रहेकोले यसको पक्षमा उभिन एमालेका प्रदेश सभा सदस्यहरुलाई नेता पाण्डेले आग्रह गर्नुभयो ।

यसैगरी प्रदेशमा प्राकृतिक प्रकोप बाढी पहिरोबाट मानबिय तथा भौतिक क्षति भएको प्रती दलले दु:ख व्यक्त गरेको छ । प्राकृतिक प्रकोपबाट मृत्यु भएका ब्यक्तिहरुप्रती हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै सरकारले गरेका राहत तथा उद्दारका कार्यको प्रसंसा गरेको छ ।

यसैगरी बैठकले मानब विकास सुचाँकमा बागमती प्रदेशको सबै भन्दा पछाडि १ सय १९ औं स्थानमा रहेको रुबिभ्याली गाउँपालिकाको केन्द्र सेतुङ्गसम्म सडक पु¥याउने लक्ष्यका साथ सडक निर्माण गर्ने सरकारी कामको क्रममा पहिरो खसी दुर्घटनामा डोजरका अपरेटर र सहचालक राजु पराजुली र जोजो तामाङको मृत्यू भएको र मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली तथा परिवारजनप्रति गहिरो समबेदना प्रकट गर्दै मृतकको परिवारलाई सहयोग गर्न बागमती प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरेकोे मुख्य सचेतक दीपक निरौलाले जानकारी दिनुभयो । ।

बोल्ने क्रम नसकिएकोले भोली बिहान ८ बजे बस्ने गरी बैठक स्थगन भएको उहाँले जानकारी दिनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस