• २०८३ असार ३ गते बुधवार

सांसद श्यामकुमार श्रेष्ठलाई पक्राउ गरि हिरासत लिन पत्रकार सुमित श्रेष्ठको आग्रह

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असार १०, रामेछाप । संसाद श्यामकुमार श्रेष्ठले आफ्नो कर्तुत सार्वजनिक भएपछि आफ्नो कर्तुत सार्वजनिक गर्ने पत्रकारहरुलाई हत्या गरि तामाकोसी नदिमा बगाउने योजना बनाएको सार्बजनिक भएको छ। श्रेष्ठले लिएको बाईस लाख कमिसनबारे समाचार प्रसारण गर्ने पत्रकारलाई माओवादीका कार्यकर्ताहरुले मार्ने धम्की पनि दिएका हुन।

धम्कीका भाषाहरु प्रयोग भएको सामाजिक सञ्जालमा लेखिएको स्टाटस र प्रतिक्रियाहरुमा समेत देख्न सकिन्छ । त्यस घटना सार्वजनिक गर्ने पत्रकारलाइ बेपत्ता पारियो, कतै झाडी बुट्टा, जंगल, नदि किनार, गोरेटो र सडक छेउमा मेरो लाश फेला पर्यो भने सुरक्षा निकायले सबै भन्दा पहिला सांसद श्यामकुमार श्रेष्ठलाई पक्राउ गरि हिरासत लिन पत्रकार सुमित श्रेष्ठले आग्रह गरेका छन। सांसद श्रेष्ठसँग सम्बन्धित समाचार कुनै हचुवा र सनकको भरमा लेखिएको हैन । यो १ वर्षको निरन्तर खोजीपछि सार्वजनिक गरिएको घटना हो ।

सांसद श्रेष्ठले कमिशन लिएको यो प्रतिनिधि घटना माात्रै हो । यस्ता थुप्रै घटना सार्वजनिक हुने डरले उनले पत्रकारकै हत्या गर्ने योजना बनाएको हुन सक्छ । उनको कर्तुत सार्वजनिक गरेकोमा पत्रकारको हत्या गर्छ भने त्यो मृत्यु मलाई स्वीकार्य छ तर उनको अगाडी जिवनको भिख कहिल्यै पनि माग्ने छुइन । सांसद श्यामकुमार श्रेष्ठ नाताले सुमित श्रेष्ठको मामा हुन । श्रेष्ठ लेख्छ्न यदि उनको कर्तुत सार्वजनिक गर्दा मेरो हत्या गराएछन् भने उनलाई म कंशको रुपमा स्वीकार गर्नेछु ।

पत्रकार सुमित श्रेष्ठ आफ्नो फेसबुक वालमा लेखेका छन : संसाद श्यामकुमार श्रेष्ठको कर्तुत सार्वजनिक भएपछि आफ्नो कर्तुत सार्वजनिक गर्ने पत्रकारहरुलाई हत्या गरि तामाकोसी नदिमा बगाउने योजना बनाएको सूचना प्रप्त हुन आएको छ । र, उनका कार्यकर्ताहरुले त्यही अनुसारका धम्की पनि दिइरहेका छन् । यी धम्कीका भाषाहरु प्रयोग भएको सामाजिक सञ्जालमा लेखिएको स्टास र प्रतिक्रियाहरुमा समेत देख्न सकिन्छ । यदि म लगायत त्यस घटना सार्वजनिक गर्ने पत्रकारलाइ बेपत्ता पारियो, कतै झाडी बुट्टा, जंगल, नदि किनार, गोरेटो र सडक छेउमा मेरो लाश फेला प¥यो भने सुरक्षा निकायले सबै भन्दा पहिला सांसद श्यामकुमार श्रेष्ठलाई पक्राउ गरि हिरासत लिओस् । सांसद श्रेष्ठसँग सम्बन्धित समाचार कुनै हचुवा र सनकको भरमा लेखिएको हैन । यो १ वर्षको निरन्तर खोजीपछि सार्वजनिक गरिएको घटना हो । सांसद श्रेष्ठले कमिशन लिएको यो प्रतिनिधि घटना माात्रै हो । यस्ता थुप्रै घटना सार्वजनिक हुने डरले उनले पत्रकारकै हत्या गर्ने योजना बनाएको हुन सक्छ । उनको कर्तुत सार्वजनिक गरेकोमा पत्रकारको हत्या गर्छ भने त्यो मृत्यु मलाई स्वीकार्य छ तर उनको अगाडी जिवनको भिख कहिल्यै पनि माग्ने छुइन । सांसद श्यामकुमर श्रेष्ठ नाताले मेरो मामा हो । यदि उनको कर्तुत सार्वजनिक गर्दा मेरो हत्या गराएछन् भने उनलाई म कंशको रुपमा स्वीकार गर्नेछु ।

Sharing

प्रतिक्रिया दिनुहोस