असार १०, चितवन । चितवनबाट लागुऔषध खैरो हिरोइनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार लागु औषध खैरो हेरोईन आफ्नो घरमा संचय गरी राखी बिक्री बितरण गर्ने गरेको भन्ने सूचनाको आधारमा खैरहनी नगरपालिका वडा नम्बर ६ जमौली बस्ने बर्ष ३२ का दिपक दंगाललाई पक्राउ गरेको हो ।

प्रहरीको टोलीले उनको कोठाबाट लागु औषध खैरो हेरोईन प्लाष्टिकसहित तौल गर्दा १२ ग्राम ७१० मिलिग्राम र प्लाष्टिक हटाई खैरो हेरोईन मात्र तौल गर्दा १० ग्राम २२० मिलिग्रामसहित पक्राउ हो । उनको साथबाट प्रहरीले दुई थान मोबाइल र पकेट स्केल लेखिएको एक थान तराजुसमेत बरामद गरेको छ । दंगाललाई चितवन जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।