• २०८३ जेष्ठ २३ गते शनिवार

भारतले जित्यो साफ महिला च्याम्पियनसिपको उपाधि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २३, काठमाडौं । भारतले साफ महिला च्याम्पियनसिप २०२६ को उपाधि जितेको छ । गोवास्थित जवाहरलाल नेहरु स्टेडियममा भएको फाइनलमा भारतले साविक विजेता बंगलादेशलाई ३-१ ले गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

सन् २०१०, २०१२, २०१४, २०१६ र २०१९ मा लगातार पाँच पटक उपाधि जितेको भारतले त्यसपछि भने उपाधि जित्न सकेको थिएन । भारतले ७ वर्षपछि साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ ।

भारतको जितमा पियारी छाछाले, सानफिदा नोङरुम र लिन्डा कोमले एक एक गोल गरेका थिए भने बंगलादेशका लागि रितु पूर्ना चक्माले एक गोल फर्काएकी थिइन् ।  भारतसँग फाइनलमा पराजित भएको बंगलादेशले सन् २०२२ र सन् २०२४ मा लगातार दुईपटक उपाधि जितेको थियो ।

नेपाल भने सेमिफाइनलमा बंगलादेशसँग पराजित भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस