• २०८३ असार १३ गते शनिवार

अफगानिस्तानविरुद्धको टेस्टमा भारतको उत्कृष्ट शुरुवात, राहुल र गिलको शतक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २३,  काठमाडौँ । भारतले अफगानिस्तानविरुद्धको टेस्ट खेलको पहिलो दिन राम्रो शुरुवात गरेको छ । टस जितेर पहिला ब्याटिंग गरेको भारतले ३ विकेट गुमाएर ३६८ रन बनाएको छ ।

भारतका लागि शुभमन गिलले अविजित १०३ रन बनाएका छन् । ऋषव पन्तले अविजित ५० रन बनाएर खेलिरहेका छन् । त्यस्तै केएल राहुल १०० रन बनाएर आउट भए भने साई सुदर्शनले ८१ र यशस्वी जैसवालले २४ रन बनाएका थिए ।

त्यस्तै अफगानिस्तानका बलर मोहमद सलीमले २ र जियाउर रहमानले एक विकेट लिएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस