असार ९, काठमाडौं । दक्षिणकालीमा विभत्स अवस्थामा भेटिएको महिलाको पहिचान खुलेको छ । उक्त शव पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला सन्तोषी सुब्बाको रहेको प्रहरीले जानकारी दिएको छ ।
‘विस्तृत विवरण आउन बाकी रहेपनि शव पहिचान भएको छ । प्रहरीका अनुसार सन्तोषी कालोपुलमा धर्म बुबा भनिने धर्मबहादुर तामाङसँग बस्दै आएकी खुलेको छ। प्रहरीले अहिले तामाङसँग आवश्यक सोधपुछ गरिरहेको छ। तामाङले बयानामा ३/४ दिनदेखि सम्पर्क नभएको बताएका छन्।
सन्तोषी विभिन्न चराको आवाज निकाल्न सक्थिन्। उनले ६५ भन्दा बढी चराको आवाज निकाल्थिन्। प्रहरीले मंगलबार दक्षिणकालीको शौचालयबाट महिलाको शव बरामद गरेको थियो । प्रारम्भिक अनुसन्धानमा महिलाको हत्या भएको हुनसक्ने देखिएको थियो । पिकनिक स्पट छेऊ पुरानो ट्वाइलेटमा शव भेटिएको थियो ।