असार ९, काठमाडौं । चन्द्रागिरि नगरपालिका –१२ ठोस्नेधारामा मंगलबार साँझ चितुवाको आक्रमणबाट दुई जना घाईते भएका छन् ।घाइते हुनेमा वडा नम्बर एक दहचोकका ३४ वर्षिय शुशिल तामाङ र २६ वर्षिय राज पोखरेल रहेका छन् ।
चितुवाको आक्रमणबाट घाईते भएका दुबै जनालाई स्वयम्भु स्थित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल लगिएको थियो । उपचार पछि मंगलबार साँझनै घर फर्किएका छन् ।