• २०८३ कार्तिक २२ गते शनिवार

अवको बिकल्प के ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

नेकपा भित्रको अन्तर्द्वन्दले पूर्व एमाले र माओवादीले आ-आफ्नो गन्तव्य समाते पनि फेरि एमाले भित्रको द्वन्दको विषयले ब्यापक चर्चा पाइरहँदा प्रदेश १ र ३ मा मेलमिलाप भयो रे भन्ने खवर थाह पाउनासाथ देउवा र प्रचन्ड माधव नेपाल निवास कोटेस्वर पुगिहाले ।

हुन त देउवा र प्रचन्डको दोष कदापी देख्दिन म किनकि एमालेका केही जिम्मेवार नेताहरुमा दूरदर्शीताको अभाव, कुन्ठा, दम्भ, सत्तामोह, ईष्या, इलेक्टेड हुन नचाहने, हाताहाती चाहिने, उधारो कारोवारमा विश्वास नगर्ने, जनताको अभिमतलाई निन्दा गर्ने अनि बिदेशीको गुलामी बन्ने आदि कारण नै अन्तर्द्वन्दको मूल जड हो । तसर्थ गत एक दुई वर्षदेखि नेपालको राजनीति मुट्ठीभरका केही नेताको अधिनमा रुमलिएर कहिले कोटेश्वर, कहिले खुमल्टार त कहिले भैंसेपाटी अनि कहिले बालुवाटार पुगेकोले सायद जनताले के अवको बिकल्प खोज्नै पर्ने हो त ?

एमाले मिलिहाल्यो भने अन्य पार्टीको शेयर बजारमा देखिने तरलताको चिन्ताले छटपटाहट निकै देखिएको छ । हुन त देउवा र प्रचन्डको दोष कदापी देख्दिन म किनकि एमालेका केही जिम्मेवार नेताहरुमा दूरदर्शीताको अभाव, कुन्ठा, दम्भ, सत्तामोह, ईष्या, इलेक्टेड हुन नचाहने, हाताहाती चाहिने, उधारो कारोवारमा विश्वास नगर्ने, जनताको अभिमतलाई निन्दा गर्ने अनि बिदेशीको गुलामी बन्ने आदि कारण नै अन्तर्द्वन्दको मूल जड हो । तसर्थ गत एक दुई वर्षदेखि नेपालको राजनीति मुट्ठीभरका केही नेताको अधिनमा रुमलिएर कहिले कोटेश्वर, कहिले खुमल्टार त कहिले भैंसेपाटी अनि कहिले बालुवाटार पुगेकोले सायद जनताले के अवको बिकल्प खोज्नै पर्ने हो त ? अन्यथा लिइएन भने चौतारी गफमा यस्तो पो सुनियो ।

यसो गरे कसो होला :
“अवको बिकल्प भनेको संघियता फाल्ने, राजालाई खोपाको देउता मान्दै जापानको राजासरह अधिकार दिने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री बनाउदै पंच्यायतकालदेखि बहुदलीय ब्यबस्था हुदै हालको गणतन्त्रसम्मका नेता तथा कार्यकर्ता अनि हरेक निकायका भ्रष्ट ब्यक्तिहरुको सम्पति छानविन गरी राष्ट्रियकरण गर्ने, यदि यि भ्रष्टहरुको सम्पति राष्ट्रियकरण गरियो भने नेपालको लागि करिब सात आठ वर्षलाई पुग्ने बजेट आउने सम्भावना देखिन्छ तर आफ्ना र अर्का भन्न भएन ।

प्रतिनिधिसभामा करिव १०० संख्यामा संसद सदस्य राख्ने त्यसपछि प्रधानमन्त्रीले विषय बिज्ञ ब्यक्तिहरुलाई करिव दश वटा मन्त्रालयन्तर्गत मन्त्री छनौट गर्ने ।

(तर बाबुरामजस्ता विद्वान ब्यक्तिको बिद्द्ताले रास्ट्रको लागि खासै उपलब्धी गरेन जस्तो छ किनकि उहांले जुन धरतीमा बस्दै हुनुहुन्छ त्यही धरतीको नक्सा रुमालले लुकाएर भारतीय टिभी च्यानलमा अन्तर्वार्ता दिदै गरेको दृश्यले त नेपालका बिद्वान, मानवधिकारवादी, रास्ट्रवादी सामाजिक अभियन्ता, पत्रकार जो दिनमा ठूला ठूला कुरागर्ने अनि सांझ परेपछि भारतीय राजदुतावास धाउने प्रवृतिले देश बन्नेवाला छैन ।”)

Sharing

प्रतिक्रिया दिनुहोस