• २०८३ जेष्ठ ५ गते मङ्गलवार

सात हजार २१९ कोरोनामुक्त, १०१ को मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ १९, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा सात हजार २१९ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । नेपालमा कोरोनाभाइरसका पाँच हजार ३१६ जना सङ्क्रमित थपिएका छन् ।

पछिल्लो चौबीस घण्टामा १३ हजार ८७८ नमूनाको आरटीपीसीआर परीक्षण गरिएको थियो । मन्त्रालयका सह प्रवक्ता डा. समीर कुमार अधिकारीका अनुसार हाल एक लाख एक हजार ९९३ जना सक्रिय संक्रमित रहेका छन । छ हजार ८३२ जना संस्थागत् आइसोलेशनमा र ९५ हजार १३१ जना होम आइसोलेशनमा रहेका छन् । हाल ८३७ जना क्वारेन्टिनमा छन् ।  यस्तै पछिल्लो चौबीस घण्टामा १०१ जना सङ्क्रमितको मृत्यु भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस