चैत ०५ मुगु । हुम्ला लिङ्क रोडको मुगु खण्डमा पर्ने मुगु कणाली नदी माथी यहाँको स्थानिय सरकारले वेलिव्रिज पुल बनाउने भएको छ । छायाँनाथ रारा नगरपालिका वडा नं १, ३ र १३ वडामा भएर बग्ने मुगु कणाली नदीको भट्टेचौर भन्ने स्थानमा नगरपालिकाले वेलिव्रिज राख्न लागेको हो ।

बुधबार प्र्रमुख हरिजंगशाहीले यो पुल र पुलसम्मपुग्ने सडकको शिलान्यास गर्नु भएको छ । यो पुल नगरपालिकाको आर्थिक लगानी र ग्रामिण पहुचकार्याक्रम तेसो्र चरण (¥याप ३)को प्राविधिक सहयोगमा निमार्ण हुनेछ । वेलिव्रिज निमार्णका लागी जलब रविचक्र जेवि निमार्ण कम्पनीले नगरपालिकासंग बोल कवुल गरेर सम्झौता समेत गरि सकेको निमार्ण कम्पनीका प्रतिनिधी बखतबहादुर मल्लले बताए । विधिवत रुपमापुलको शिल्यान्यास आज गरेका छौ अवकामरप्तारमा अघि बढने र नदिमापानीबहाव नबढदै दुवै तिरका सपोड वाल निमार्ण गरिसक्ने पनि प्रतिनिधी मल्लले बताउनु भयो ।

शिलान्यास कार्यक्रममाबोल्दै नगर प्रमुख हरिजंगशाहीले आफुहरु २०७४ सालमानिर्वाचितभएयता सदरमुकाम र वडा नं १३,१४ अनिहुम्लाको तल्लो भेगलाई जोडन पुल राख्ने प्रस्तावभएपनि साविकको जिल्लाविकास समितीले भटेचौरमापक्किपुल निमार्ण गर्न ठेक्कालगाई पुलबनाउने कामहोल्ड गरेकाकारण प्रकृयामा जानकानुनी समस्या परेको भन्नु हुन्छ कानुनी प्रकृया पुरा गरेर त्यो पुल नबनुन्जेलसम्म अस्थायी भएपनि सहजताका लागी वेलिव्रिज राख्न गतबर्ष नै नगरसभाले बजेट विनियोजिन गरेका थियो ।

उक्त बेलिब्रिज पुलको लागिहाल निर्माण हुन लागेको बेलिब्रिज पुल नजिकैको माथि पटटी कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले उद्धघाटन गरेका थिए । अहिले सो बेलिब्रिज उद्धघाटनमै सिमित भएको छ । उद्धघाटनकै क्रममा मुख्यमन्त्री शाहीले भनेका थिए यो पुल लाई प्रदेश सरकारले छिटो भन्दा छिटो निर्माण कार्य सम्पन्न गरि मुगु हुम्ला लिंक रोड जोड्ने सपनामा थियो अहिले त्यो सपना तुईएको छ । काम गरि सकुनै पनि कामको प्रक्रिया अगाडी नबन्दा यहाको स्थानीय सरकारले स्थानीयको समस्या लाई मध्येनजर गदर््े यो पुल बनाउन लागेको हो । विगतका वर्षहरुमा वारवार गर्दा कर्णाली नदिमा तुईनको साहारा लिनु पथ्र्यो अब त्यस्तो अवस्था हट्ने जानकार दिएको छ । पुल नबन्दा केही मानिसले पनि कर्णाली नदिमा ज्यान गुमाई सकेको यहाका बुढापाखाले बताएका छन् ।
ग्रामिण पहुचकार्यक्रम(¥याप ३)ले मुगु जिल्लाको सदरमुकाम गमगढी देखि हुम्लाजिल्लाको चंखेली गाँउपालिका देउली सम्म जनताको सहभागीता मार्फत सडक बनाएपनिमुगु कणालीमा पुलनहुदा यो सडक संचालनमा समस्याहुदै आएको थियो नगरपालिकाको सक्रियतामा अबपुल निमार्ण हुने भएको छ दुवै तिरको पुलसम्मपुग्ने सडक हामीहामा्र समहहरुकोप्रयोग गरेर बढीमा हप्तादिन भित्र निमार्ण सम्पन्नगर्नेछौ भने पुल निमार्ण देखि सडक निमार्णमा प्राविधिक सहयोग समेत गर्नेछौै ग्रामिण पहुचकार्यक्रमका टिम लिडर विष्णुराम विष्टले भन्नुभयो गमगढी–दर्के खोलासम्मको २६ किमी सडक प्रदेश सरकारलाई हस्तानतरण भैसकेको र आगामी ३ महिनाभित्रचंखेलीसम्मको सडक पनिहष्तान्तरणको चरणमा रहेका छौ सम्भवत छिटै देउलीसम्मको सडक सम्पन्न हुनेछ ।
ट्रयाक खुल्ला भएको वर्ष दिनभन्दा बढी समयवितिसक्दापनिनदिमापुलनहुदा कर्णालीनदिपारीका रुगा, थार्प, लुम, बाम, लह, लापु थार्प र हुम्ला जिल्लाका तल्लो भेगका स्थानियहरुले सडकको प्रयोगगर्न पाएका थिएनौ,सडक थियो । सवारी साधनथिएनन, सडक भएर पनिगाँउमाकोहि विरामी हुदा होस या महिला प्रसव पिडामा पर्दा ३ घण्टा बोकेर जिल्ला अस्पताल मुगु मा पु¥याउन बाध्य थियो, पुल नहुदा समय मै उपचार नपाएर कतिले बाटो मै ज्यानगुमाउनु परेको थियो अबपुलबने हामी समय मै उपचार गर्न पाउने छौ भने घर वारीमा खेर गएका स्याउ, ओखर, अन्नवाली सदरमुकाम गमगढी र जुम्ला,सुर्खेत र नेपालगंगसम्म लगेर विक्रीगर्न सक्नेछौ, अबप्राविधिक र पुल निमार्ण कम्पनीले समय मै काम सम्पन्न गरोस र सबैको दवावहोस रुगागाँउका स्थानियबालकृष्ण लावडले भन्नुभयो ।
वडा नं १३ का वडा अध्यक्षचक्रबहादुर रावतले तत्कालिनजिल्लाविकास समितीले पक्कीपुलबनाउन ठेक्काखोलेर सम्झौता गरेको ठेकदारलाई काम सम्पन्नगर्न लगाउन सयौ पटक अनुरोध गरेपनि कर्णालीपारीकाजनताको माग कसैले सुनुवाई गरेननयतीसम्मकी कर्णालीप्रदेश सरकारकामुख्यमन्त्री महेन्द्र बहादुर शाहीले पनिपुल निमार्णकालागी निमार्ण कम्पनीलाई दवाव दिदा पनि ठेकेदारले टेरेनन । संघिय सरकारको मातहतमा पर्ने यो पुल निमार्णका लागी कहिकतैबाट पहल नभएपनि स्थानिय सरकारका नाताले छायाँनाथ रारा नगरपालिकाले सुनुवाई गर्दा बल्ल ग्रामिण पहुच कार्यक्रमको प्राविधिक सहयोग र नगरपालिकाको आर्थिक सहयोगमा पुल बन्न लागेको बताउनु हुन्छ उहाँभन्नु हुन्छ साच्चै नजिक सरकार भनेको नजिक कै सरकार रहेछ यत्रो वर्षसम्म न प्रदेश न संघिय सरकारले यहाँका जनताको दुख्खको सुनुवाई गरे ।
मुगु कणाली माथी वेलिव्रिजबनेमानगरपालिकाका वडा बस्तिका साथै हुम्ला जिल्लाका चंखेली, सर्केगाढ, अदानचुली, खार्पुनाथ, सिमीकोट गाँउपालिकासम्मका जनतासम्म सडक पहुच पुग्ने छ । ५ करोड २० लाख ५५ हजार ९०२ रुपयाँको लागतमा बन्ने यो वेलि व्रिजको लम्वाई ५५ मिटर रहने प्राविधिक रतनबहादुर खड्काले बताउनु भयो ।मुगु कणालीमा नगरपालिका सडकमा पर्ने अन्य खोलाहरुमा ग्रामिण पहुचकार्यक्रम (¥याप ३) पुल राख्ने छ ।