• २०८३ जेष्ठ २७ गते बुधवार

गजल ! “याँहा सम्बन्ध होईन दहेजका कुरा हुँन्छन”

सुरेश कुमार पान्डे पढ्न लाग्ने समय : १ मिनेट

याँहा सम्बन्ध होईन दहेजका कुरा हुँन्छन,
रिस्ता नाता पनि बिना पैसा अधुरा हुँन्छन।

गरीबको जिन्दगी नर्क बनायो पुँजिवादले,
धनिहरु तन्दरुस्त र गरिबहरु लुरा हुँन्छन।

भोक रोग शोक गरिबको भएकैछ प्याउते,
सोशक हरुका त कुरामा पनि छुरा हुँन्छन।

पुँजी को युगमा धनिका पिछ्लग्गु भेटियौँ
गरीबका त आमा बा हुँदा पनि टुरा हुँन्छन।

दीदी बैनी कटपुत्ली जस्तै नबने अब कोई,
साँच्चै कम्जोर बनौने नाडीका चुरा हुँन्छन।

बर्गिय लडाई बिना जीत हुँदैन कसैको पनी,
यँहा जातिय र लैङ्गिय शंघर्ष अपुरा हुँन्छन।

Sharing

प्रतिक्रिया दिनुहोस