• २०८३ बैशाख २३ गते बुधवार

फ्रान्सले दिएको स्वास्थ्य सामाग्री काठमाडौँ आइपुग्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १९,काठमाडौँ । फ्रान्स सरकारले नेपाललाई कोरोना महामारीविरुद्धका सामाग्री सहयोग गरेको छ । फ्रान्स सरकारले पठाएका सामग्री बोकेर विशेष जहाज काठमाडौँ आएको हो । नेपालका लागि फ्रान्सका राजदूत फ्रान्कोइस जाभियर लेजरले त्रिभुवन विमानस्थलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयस त्रिपाठीलाई सामग्री हस्तान्तरण गर्नुभयो ।

फ्रान्सले पाँच लाख चार हजार मास्क, २० हजार एन्टीजेन किट, १२ हजार चस्मा लगायतका सामग्री नेपाल पठाएको हो । स्वास्थ्यमन्त्री त्रिपाठीले सहयोगको लागि फ्रान्स सरकार र त्यहाँका नागरिकलाई धन्यवाद दिनुभएको छ ।

स्वास्थ्यमन्त्री त्रिपाठीले फ्रान्स र युरोपेली युनियनलाई कोरोना विरुद्धको खोपको लागि सहजीकरण गरिदिन पनि आग्रह गर्नुभएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस