माघ ४,काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १० हजार २ सय ५८ जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ६८ हजार २ सय १५ जना पुगेको छ । आजसम्म सक्रिय संक्रमितको संख्या ३९ हजार ४४ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज ५ सय ६२ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ८ लाख १७ हजार ५ सय ४७ जना रहेको छ । आज १ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ६ सय २४ जना पुगेको छ ।