• २०८३ बैशाख २२ गते मङ्गलवार

अक्सिजन सहितका सामाग्री एमाले जिल्ला कमिटीले गर्यो बितरण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १२, रामेछाप । नेकपा एमाले जिल्ला कमिटी रामेछापले आफ्नो पहलमा एमाले नेता रत्नप्रसाद गौतम मार्फत उपलब्ध ६० थान अक्सिजन सहितका अक्सिजन सिलिन्डर तथा पि.पि.इ सेट जिल्लाभर वितरण हुने गरि सम्बन्धित निकायलाई हस्तान्तरण गरेको छ। मुलुकभर कोभिड-१९ कोरोनाको आतंक चलिरहेको अबस्थामा रामेछापका समाजसेवी एबम एमालेका नेता गौतमले नेकपा एमाले जिल्ला कमिटीले जिल्लाका जनतालाई कोभिड-१९ कोरोना प्रभावबाट सुरक्षित राख्न चालेको कदममा सहयोगस्वरुप उक्त सामाग्री उपलब्ध गराएका थिए।

जिल्ला स्थिति डिडिएमसीको कार्यलयलाइ नेकपा एमाले जिल्ला कमिटीले पत्रचार गरेर सामाग्री बितरण गरिएको जानकारी गराएको थियोे ।वितरित सामाग्रीबाट रामेछापका जनता, फिल्डमा खटिएका स्वास्थ्यकर्मीहरु र यो महामारी विरुद्ध आफ्नो ज्यानको प्रवाह नगरी दिनरात संघर्ष गरिरहनु भएका सबै जना कोरोनाबाट थप सुरक्षित रहने नेकपा एमाले जिल्ला कमिटी सचीव पुरुषोत्तम कडरियाले सामाग्री बितरण कार्यक्रममा बताएका छ्न।

No description available.

No description available.

Sharing

प्रतिक्रिया दिनुहोस