• २०८३ जेष्ठ २२ गते शुक्रवार

कर्ण श्रेष्ठ बेथिती विरुद्ध साइकल यात्रा गर्दै ६० औं जिल्लाका रुपमा बाजुरा पुगे

पढ्न लाग्ने समय : २ मिनेट
  • धर्म सुनार

भदौ २२,बाजुरा । सामाजिक सदभाव र विकास को मन्त्र सहीत साइकल यात्रामा हिँडेका अभियान्ता कर्ण श्रेष्ठ बाजुरा आइपुगेका छन् । भ्रष्टाचारको अन्त्य,सामाजिक सदभाव र विकासमा सहकार्यको अपिल सहीत यात्रासुरु गरका श्रेष्ठले ६०औं जिल्लाका रुपमा बाजुरा पाइला टेकेका हुन् ।

श्रेष्ठले २०७५ साल चैत्र ३ गते आफ्नै गृह जिल्ला खोटाङबाट यात्रा सुरु गरेका थिए । राजनीतिक, सामाजिक, आर्थिक सबै क्षेत्रमा देखिएको बेथिती हटाउन दबाबका लागि देश व्यापी साइकल यात्रा थाले को पत्रकार सँग श्रेष्ठले बताएका छन् । संभावना बोकेको देशमा निराशार विरोधका मात्र विषय सुनिनु राम्रो होइन्, यसका सबै नेपाली त्यसैमा पदमा बसेकाहरु थप जिम्मेवार हुनु पर्छ भन्ने आग्र्रह सहीत यात्रा थालिएका उनको भनाई छ । श्रेष्ठले जिल्लामा पुग्दा स्थानीय तहका जनप्रतिनिधी, उद्यो ग वाणिज्य संघ, नागरिक समाज र पत्रकार सँग छलफल गर्ने गरेका छन् ।

धार्मीक पर्यटन पहिलो समृद्धीको आधार हुनु पर्छ र भ्रष्टाचा र अन्त्य पहिलो मुद्दा बन्नु पर्छ भन्ने मान्यता बोके र हिँडेका श्रेष्ठले बाजुरामा पनि बडिमालिकाका नगर प्रमुख पदम बडुवाल सहीत जनप्रतिनीधी उद्योग वाणिज्य संघ र पत्रकार सँग छलफल गरेका छन् । देश हाम्रो हो, सबैले मिलेर बनाउँ हाम्रो रोग भ्रष्टाचा र अन्त्य गरौ, भन्ने सन्देश फैलाउनकै लागि यात्रा नै सबै सँग आग्रह गर्न थालिएको श्रेष्ठको भनाईछ ।

यात्राको सन्देश सकारात्मक दबाब सिर्जनाका लागि भएको बडिमालिका नगर पालिका प्रमुख पदम बडुवालले बताएका छन् । सुदुरपश्चिमका अछाम र बाजुरा पुगीसकेका श्रेष्ठले अरु ७ वटा जिल्ला र केही तराईका जिल्लाको यात्रा पछि असोजमा गर्ने र यात्रा चितवनमा समापन गर्ने योजना बनाएका छन् । एक्लै यात्रामा हिँडीरहेका श्रेष्ठ सनिबार नैं डोटी तर्प लागेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस