मंसिर ४, काठमाडौं । मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा सुरु भएको छ। शुक्रबार बिहान ११ बजेदेखि बसेको बैठक अहिले पनि जारी छ । प्रधानमन्त्री, मन्त्री, सांसद, सचिव, सहसचिव, उपसचिव र अन्यको भारत भ्रमणको कार्यक्रम स्वीकृत गर्न मन्त्रिपरिषद् बैठक बसेको हो । प्रधानमन्त्री बालेन्द्र शाह बालेन आइतबार भारतको औपचारिक भ्रमणमा जाँदैछन् । उनी सोमबार अपराहन् स्वदेश फर्किने कार्यक्रम छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा बालेन औपचारिक भ्रमणमा जान लागेका हुन् । प्रधानमन्त्रीको टोली २५ सदस्यीय रहने बताइएको छ । तर को को जाने भन्ने अहिलेसम्म टुंगो लागेको छैन ।
आजको मन्त्रिपरिषद् बैठकले मन्त्रीहरूको नाम टुंगो लगाउने भएको छ । अहिलेसम्म अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल मात्र जाने टुंगो लगेको छ । प्रधानमन्त्रीको भारत भ्रमण राजकीय भने नहुने बताइएको छ ।