• २०८३ बैशाख २६ गते शनिवार

तारकेश्वरमा थप ८२ जनामा कोरोना पुष्टि, १३४ जनाले कोरोना जिते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ९, काठमाडौं । तारकेश्वर नगर स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो चौबिस घण्टामा तारकेश्वर नगरपालिकामा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भईको छ । थप संक्रमित हुनेमा ३७ जना महिला र ४५ जना पुरुष रहेका छन ।

कोरोनाको दोश्रो चरण लागेपछि तारकेश्वरमा ५५६ जना महिला र ६९२ जना पुरुष गरि १२४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो चौबिस घण्टामा तारकेश्वरमा ६२ जना महिला र ७२ जना पुरुष गरि १३४ जनाले कोरोना जितेका छन ।

तारकेश्वर नगर स्वास्थ्यका अनुसार तारकेश्वर नगरपालिकाले सञ्चालन गरेको आईसोलेसनमा पछिल्लो चौबिस घण्टामा ३ जना थपिएका छन । योसगैं प्राथमिक स्वास्थ्य केन्द्र साङ्ग्लाको आईसोलेसनमा ७ जना उपचाररत छन । तारकेश्वरमा हाल होम आईसोलेसनमा १०४१ जना र अस्पतालमा ५४ जना रहेका छन ।

तारकेश्वर नगरपालिकामा हालसम्म कोरोना संक्रमणबाट २६ जनाको मृत्यु भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस