• २०८३ जेष्ठ १७ गते आइतवार

ट्वीटर कार्यलय केही दिनका लागि बन्द

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ३, न्युयोर्क ।  ट्विटरले कर्मचारीहरूलाई कम्पनीको कार्यालय भवनहरू अस्थायी रूपमा बन्द गरिने र तत्काल प्रभावकारी जनाएको । कामदारहरूलाई नोभेम्बर २१ सोमबारदेखि कार्यालयहरू खुल्ने भनिएको छ ।

नयाँ मालिक एलोन मस्कले उनीहरूलाई “उच्च तीव्रतामा लामो समयसम्म“ साइन अप गर्न वा छोड्न आह्वान गरेपछि ठूलो संख्यामा कर्मचारीहरूले काम छोडेको रिपोर्टबीच केही दिनका लागि ट्वीटरको कार्यलय बन्द हुने भएको हो ।

कर्मचारीलाई पठाइएको सन्देशमा भनिएको छः ‘कृपया सामाजिक सञ्जाल, प्रेस वा अन्य ठाउँमा कम्पनीको गोप्य जानकारीको बारेमा छलफल नगरी कम्पनी नीतिको पालना गर्न जारी राख्नुहोस्।’

यो साता मस्कले ट्वीटरका कर्मचारीहरूलाई “उच्च तीव्रतामा लामो समयसम्म“ काम गर्न प्रतिबद्ध हुनुपर्ने वा कम्पनी छोड्नु पर्ने बताएका थिए ।
कामदारहरू कार्यलयमा बस्न चाहेमा वाचामा सहमत हुनुपर्ने मस्कले बताएको वाशिंगटन पोस्टले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस