• २०८३ बैशाख ९ गते बुधवार

कोरोनाबाट डीएसपी केसीको निधन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ६, काठमाडौं । गएराति नेपाल प्रहरीका डीएसपी राजकुमार केसीको निधन भयो । कोरोना संक्रमण देखिएपछि १५ दिनअघि प्रहरी अस्पतालमा भर्ना भएका उनको निधन भएको हो ।

काठमाडौंको मूलपानी स्थायी घर भएका केसी महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत थिए । संक्रमण हुनुअघि उनी काठमाडौंका सडकमा खटिदै आएका थिए । उनका १५ वर्षीया छोरा र श्रीमती छन् ।

उनको निधनप्रति वहालवाला र पूर्व प्रहरी अधिकारीले शोक व्यक्त गरेका छन् । केसीको निधनसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउने प्रहरीको संख्या ९ पुगेको छ । प्रहरीमा ज्यान गुमाउने केसी उच्च अधिकारी हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस