• २०८३ कार्तिक १७ गते सोमवार

प्रधानमन्त्रीलाई गगन थापाको जवाफ : ‘तर्साउने धेरै आए, तर्सिने बानी परेन’

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १६, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र शाहलाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत जवाफ दिएका छन्। थापाले सोमबार साँझ ठीक ६ बजे फेसबुकमा ‘अहिले ठीक १८:०० बजेको छ। तर्साउने धेरै आए, तर्सिने बानी परेन’ भन्दै छोटो स्ट्याटस लेखेका हुन्।


यसअघि प्रधानमन्त्री शाहले आइतबार सामाजिक सञ्जालमा ‘सही समय आएपछि सबैको गलत समय आउँछ। एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ’ भन्दै स्ट्याटस लेखेका थिए।

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिपछि थापाले समयसमेत उल्लेख गर्दै दिएको जवाफलाई सामाजिक सञ्जालमा अर्थपूर्ण रूपमा हेरिएको छ। यद्यपि, थापाले आफ्नो स्ट्याटसमा कसैको नाम उल्लेख गरेका छैनन्।

पछिल्लो समय नेपाली कांग्रेसको आधिकारिकता र निर्वाचन आयोगमा पार्टीको विवरण अद्यावधिक प्रक्रियालाई लिएर राजनीतिक वृत्तमा विवाद तथा आरोप–प्रत्यारोप चलिरहेका बेला दुवै नेताका स्ट्याटस सार्वजनिक भएका हुन्।

No description available.

Sharing

प्रतिक्रिया दिनुहोस