• २०८३ भाद्र ९ गते मङ्गलवार

प्रधानमन्त्रीको शपथ विरुद्ध दर्ता भएका रिटआज सुनुवाइ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेष्ठ ४, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष लिएको शपथ बदर गराउन मागसहित सर्वोच्च अदालतमा दायर रिटमाथि आज सुनुवाइ हुने भएको छ । शपथ ग्रहणका क्रममा प्रधानमन्त्री ओलीले सत्य निष्ठापूर्वक प्रतिज्ञा र्गछु भन्ने वाक्य उच्चारण गर्न इन्कार गर्नुभएको विषयलाई लिएर सर्वोच्चमा ४ वटा रिट दर्ता भएका छन् ।

प्रधानमन्त्री ओलीले लिएको शपथ असंवैधानिक भएको भन्दै आइतबार अधिवक्ता चन्द्रकान्त ज्ञवाली र अधिवक्ता सन्तोष भण्डारीले रिट निवेदन दिनुभएको थियो । यसैगरी सोमबार अधिवक्ता राजकुमार सुवाल र अधिवक्ता नवराज अधिकारीसमेतले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट दर्ता गराउनुभएको थियो । ती रिटमा प्रधानमन्त्री ओलीले वाचन गरेको शपथ राष्ट्रपतिले वाचन गरेको भन्दा फरक परेको भन्दै बदर गराउन माग गरिएको छ । साथै प्रधानमन्त्रीले पुनः शपथ ग्रहण गरेर मात्र कामकाज गर्नका लागि अदालतद्वारा आदेश जारी गर्न माग गरिएको छ । उक्त रिटमाथि आज सुनुवाइ हुने भएको हो ।

यसैगरी प्रधानमन्त्री ओलीले संसद सदस्य नै नरहेका ७ जनालाई पुनः मन्त्री बनाइएको भन्दै उक्त नियुक्ति खारेज गर्न पनि सर्वोच्चमा रिट दर्ता भएको छ । उक्त रिट निवेदनको सुनुवाइ पनि आजै हुने बताइएको छ । कानुनविपरीत संसद सदस्य नरहेका व्यक्तिलाइ पटकपटक मन्त्री नियुक्ति गरिएको भन्दै उक्त नियुक्ति खारेजीको माग रिट निवेदकको रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस