• २०८३ भाद्र ८ गते सोमवार

आज बस्न सकेन बागमती प्रदेश सभा, भोली ४ बजेका लागि सारियो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ८, हेटौंडा । बागमती प्रदेश सभाको बैठक आजका लागि स्थगित भएको छ । प्रदेश सभा सचिवालयले विशेष कारणवश बैठक बस्न नसकेपछि सभामुखले बैठक भोली अपराहन्न ४ बजे बस्ने भएको छ ।

नवनियुक्त मुख्यमन्त्री किरण थापामगरले विश्वासको मत लिने कार्यसूचीसहित सोमबार दिउँसो १ बजे बैठक बोलाइएको थियो । त्यसपछि बैठकको साँझ ५ बजे र फेरी राति ८ बजेका लागि सारिएको थियो ।

सरकारलाई समर्थन दिएको राप्रपा र सत्तारुढ दल एमाले र नेकपामा समेत विवाद भएपछि आजको बैठक बस्न नसकेको बुझिएको छ । सत्तागठबन्धनको दल नेकपाका केहि सांसदहरुले समेत असन्तुष्टि जनाउदै प्रदेश सभा बैठकमा अनुपस्थित हुने चेतावनी दिएको बताइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस