• २०८३ बैशाख ३० गते बुधवार

कोरोना संक्रमितहरुको घर-घरमा पुगे वडाध्यक्ष क्षेत्री

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ४, रोल्पा । सुनिलस्मृति गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष गन्जबहादुर क्षेत्री स्वास्थ्यकर्मीसहित कोरोना संक्रमितहरूको घर-घरमा पुगेका छन्। कोरोना संक्रमितहरूको पछिल्लो अवस्था बुझ्न उनी स्वास्थ्यकर्मी लिएर वडाका विभिन्र घरमा पुगेका हुन्।

वडा नम्बर ४ मा मात्रै हाल १३ जना संक्रमित छन्। जस मध्ये तीन जना जिल्ला बाहिर उपचारत छन् भने एक जनाको वैशाख २९ मृत्यु भएको छ भने आज थप एक जनाको मृत्यु भएको छ । अन्य संक्रमितहरू होम आइसोलेसनमा बसेका छन् । वडाध्यक्ष क्षेत्रीसँग गएका स्वास्थ्यकर्मीले तापक्रम, अक्सिजन मात्रा, पल्स रेट चेक गरेको थिए। उक्त परिक्षणबाट एक जनाको स्वास्थ्य अवस्था गम्भिर पाइएपछि उनलाई तत्कालै सुनिलस्मृति—२ खुङ्ग्रीमा निर्मित आइसोलसनमा पुर्याइएको क्षेत्रीले जानकारी दिए।

Open Photo

कोरोना स‌ंक्रमितहरुलाई होम आइसोलेसनमा बस्न भनिएकोले उनीहरुको अवस्था बुझ्न र उनीहरुलाई हौसला प्रदान गर्न स्वास्थ्यकर्मी लिएर आफू घर-घरमा पुगेको उनले बताए।

Sharing

प्रतिक्रिया दिनुहोस