माघ २४, नवलपरासी । बिश्वब्यापी रुपमा बढदै गईरहेको कोरोना भाईरसको सक्रमणको रोकथाममा दिनरात नभनि सुरक्षाकर्मीहरु सिमामा बर्षौदेखि लडिरहेका छन। सरकारले सिमा नाकालाई कडाईका साथ निगरानीमा राख्नुपर्ने भएकोले नेपाली सुरक्षाकर्मीहरु २४औ घण्टा सिमामा डिउटिमा खटिरहेका छन।
नेपाल सरकारले गरेको लकडाउनले गर्दा देशको अवस्था तहसनहस भएको छ। आर्थिक सामाजिक शैक्षिक लगायतका क्षेत्र अस्तब्यस्त बनेको छ । केही महिना अगाडि देखि लकडाउन खोलेपनि स्थिति सहज बनेको छैन । बिगत ११महिना देखि यहाका सुरक्षाकर्मी हरुले कहाको भोक कहाको निद्रा हामिलाई थाहै छैन भनिरहेका छन। गर्मीयाममा कलकल पसिनामा डिउटि गरिरहेका सुरक्षाकर्मी चाउचाउ र बिस्कुट खाजाको रुपमा त्यस माथि पनि गर्मियाममा तातो पानी खाएर सुरक्षा दिईरहेका थिए।
आफुहरुलाई देशले दिएको जिम्मेवारी पूरा गरि देशलाई सफल बनाउन तर्फ आफुहरुले निद्रा र भोकको खासै महशुस गरेका छैनौ एक सुरक्षाकर्मीले ले आफ्नो पीडा सुन E0उदै भन्नु %0यो । १८घण्टा सम्म राज्यले दिएको जिम्मेवारीमा कालो बुट,पोसाक र हतियारका साथ डिउटि गरिरहेको बताए । बुट र पोसाक लगाईसकेपछि १८घण्टा पछि मात्र फुकाल्छौ अनि ६घण्टामा नुहाउने खाने र कतिको आराम गर्ने थाहा भएन भनिरहेका छन
गर्मीयाम सकिने बितिकै बर्षायाम सुरु भयो ।बर्षातको समयमा पानी पर्दा पालले केही समयमै चुहिन थाले पछि आफुहरु रुझेर पनि सुरक्षा दिईरहेको बताए।बर्षायाममा हावाहुरीले पाललाई नै उडाउने समस्या लाई झेल्दै सुरक्षाकर्मी हरु सुरक्षा दिईरहे । पानीपर्ने बेलामा आकाशको गड्याङगुडुङ र विभिन्न ठाउमा चट्टान परेको कुराले निकै तर्साए पनि आफ्नो जिम्मेवारी पूरा गर्न कहिले पनि सुरक्षामकर्मी पछि नहटने उनले बताए बर्षायाम सकिने लगतै जाडोयाम सुरु भयो । सिमामा पाल र टेन्ट तानेर दिन रात जाडोमा डिउटि गर्दै आएका छन ।
रातमा अध्यारोको समयमा लामखुट्टेको टोकाई र सर्पको टोकाईको शका घेरा भित्र जीवन नै मृत्यु सग बाजि राखि सिमाको सुरक्षामा खटिरहेको पीडा कति भनौ उनले भने तर पनि हामीलाई राज्यले दिएको जिम्मेवारी पुरागर्नमा कहिले पनि पछि नहटने बताए । हाम्रो जिम्मेवारी देशको रक्षा गर्ने भएकोले हामिले भोकभोकै भएपनि देश र जनताको रक्षा गर्ने प्रतिबध्द छौ।
।अहिले सिमामा सशस्त्र प्रहरी बलको बाक्लो उपस्थिति रहेको छ।नवलपरासीको पाल्हिनन्दन गाउपालिकाको पडरी देखि सुस्ता गाउपालिका बलिनगर सम्म २८किलोमिटर सुरक्षाकर्मी तैनाथ रहेकोे २६नम्बर गणका गणपति महेश अधिकारी ले बताउनु भयो । उता स्थानिय जनताले रोगबाट हामिलाई बचाउन घरभित्र कोचेर आफु खुला मैदानमा कोराना भाईरस सग लडदै गरेको सुरक्षाकर्मी हरुलाई सलाम छ भनिरहेका छन । कोरोना ,बाढि ,आगलागि लगायतको समस्या बाट बचाउदै आएको सशस्त्र प्रहरी बलहरुको काम देखेर तपाईहरुको आयुको शुभकामना समेत ब्यक्त गरिरहेका छन ।
अवस्य एक दिन यो समय सग जित हुनेछ भनी पशुपतिनाथ सग प्रार्थना समेत गरिरहेका छन। सिमामा रहेका सुरक्षकर्मीले गर्दा आम नेपाली जनताहरुमा चयनको निद्रामा राति सुतिरहेका छन भने नवलपरासीमा तस्करी नियन्त्रण समेत भएको छ । लामो समय देखि तस्करको अखडा भनेर चिनिने नवलपरासीमा अहिले तस्करी सुन्य तर्फ गईरहेको छ । गणपति महेश अधिकारी यस जिल्लामा सरुवा भएर आउदा शान्ति सुरक्षा तस्करी नियन्त्रणमा दिनरात खटिरहेका छन। जनताको सुुरक्षा तथा तस्करी नियन्त्रण लगायत काममा लागि पर्नुभएको छ ।
वहाको कार्यशैलि जनताको लागि निकै फलदायी रहेको जनताहरु बताईरहेका छन ।निकै मिलनसार स्वभाव रहेका अधिकारी जनताको सहयोगि बनेका छन। समाजमा घुलमिल गर्न निकै सिपालु रहेका अधिकारी जनतालाई सहजता प्रदान गर्न सधै आफ्ना मातहतका युनिटहरु लाई निर्देशन दिई नवलपरासी माा जनताका सहारा बन्नु भएको छ । नवलपरासीमा गरेको सशस्त्र प्रहरी बलले हरेक क्रियाकलापको बारेमा सत्यतथ्य सन्चार क्षेत्रलाई जानकारी गराउदै आएको छ ।राजस्व असुलिमामा समेत अबैधरुपमा आएको सामानहरु पक्राउ गरि भन्सार बुझाएको छ ।