वैशाख ६, काठमाडौं ।एमालेको राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा माधवकुमार नेपाल-झलनाथ खनाल पक्षका नेता विष्णु रिजाल पनि सहभागी भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बेठकलाई नेपाल-खनाल पक्षले बहिष्कार गरेको थियो ।
नेपाल प्रधानमन्त्री हुँदा उनी प्रेस सल्लाहकार समेत रहेका रिजाल नेपाल पक्षका सक्रिय नेता भित्र पर्दथे । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उनले ओलीको आलोचना गर्दै नेपालपक्षको अभियानलाई साथ दिँदै आएका थिए।
नेता रिजालले पछिल्लो समय भने समाजिक सञ्जालमा पार्टी एकता र प्रधानमन्त्री ओली नेतृत्वको सरकारको निरन्तरताको पक्षमा लेख्दै आएका थिए।