जेठ २१, काठमाडौं । नेकपा एमालेसहितका प्रतिपक्षीले नागरिकता विधेयक प्रमाणीकरणको विरोध गर्दै सदन अवरुद्ध गरेका छन् । आइतबार संसदको बैठक सुरु भए लगतै एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र राप्रपाका सांसदहरुले नाराबाजीसहित विरोध जारी राखेपछि सभामुखले बैठक एक घण्टाका लागि स्थगित गरेका हुन् ।
सभामुखले पालैपालो तीनवटै दलका मुख्य सचेतकलाई बोल्न दिएपनि उनीहरुले संसद चल्न नदिने अडान नछोडेपछि बैठक एक घण्टापछि बस्ने गरी स्थगित भएको हो । बैठकमा सभामुख देवराज घिमिरेले यस विषयमा सदनलाई जानकारी गराउन रुलिङ गरेपनि प्रतिपक्षीले त्यसलाई बेवास्ता गर्दै निरन्त बैठक अवरुद्ध बनाएका हुन् ।
सभामुखले पटक पटक बैठक नियमीत गर्न आग्रह गरेका थिए ।
