• २०८३ बैशाख ८ गते मङ्गलवार

सभामुखलाई बुझाइयो प्रतिनिधिसभा नियमावलीको मस्यौदा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख ८, काठमाडौं । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले संसदको नयाँ नियमावलीको मस्यौदा सभामुख डोलप्रसाद अर्याललाई बुझाएको छ ।

मंगलबार सिंहदरवारमा मस्यौदा समितिका सभापति गणेश पराजुलीले सभामुख अर्याललाई मस्यौदा बुझाएका हुन् । नयाँ नियमावली मस्यौदा बुझ्दै सभामुख अर्यालले प्रक्रियागत रूपमा नियमावली पारित गरिने जानकारी दिए । नियमावलीमा केही असन्तुष्टि, कमी कमजोरी भए संसदबाट सुधार गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए ।

त्यस्तै मस्यौदा समितिका सभापति पराजुलीले समयमा नै कानुन बनाएर जनतालाई न्यायको सुनिश्चितता गर्ने, सुशासनको प्रत्याभूति गराउन सक्ने गरि नयाँ नियमावली तयार गरिएको बताए ।

नयाँ नियमावली बनाउन चैत्र २३ गते बसेको प्रतिनिधिसभा बैठकले रास्वपा सांसद पराजुलीको संयोजकत्वमा १५ सदस्यीय मस्यौदा समिति गठन गरेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस