• २०८३ बैशाख २९ गते मङ्गलवार

नायिका केकी अधिकारीका कपाल खौरिएका तस्विर सामाजिक संजालमा भाइरल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत्र ०२, काठमाडौं । नायिका केकी अधिकारीले कपाल खौरिएकी छन् । कपाल खौरिएर उनी नया लुक्समा देखिएकी हुन् । इन्टाग्राम स्टोरी मार्फत उनले आफ्नो कपाल खौरिएपछिको नयाँ लुक्स सार्वजनिक गरेकी हुन्।

तस्विर राखे पनि केकीले कपाल किन खौरिएको बारेमा भने उनले केही उल्लेख गरेकी छैनन् । २०७३ सालको साउन र भदौ महिनामा मण्डला थिएटरमा मञ्चन भएको नाटक ‘बोक्सीको घर’ को कथामा केकीले फिल्म निर्माण गर्ने भएकी छन्।हाल उनी यही फिल्मको छायाङ्कनमा व्यस्त रहेकी उनले फिल्मको क्यारेक्टरको लागि कपाल खौरिएको हुनसक्ने अनुमान गरिएको छ । फिल्ममा केकी मुख्य भूमिकामा छिन् ।

Sharing

प्रतिक्रिया दिनुहोस