जे भने पनि उल्टो सुनी दिन्छन् यो कलिका मान्छे
ठुलो स्वर गर्दै त्यसै झोक्किन्छन् यो कलिका मान्छे
मनै भरी पापै पाप अनि कुण्ठाहरु बोकि हिंडे पनि
बाहिर हेर्दा त सोझो देखिन्छन् यो कलिका मान्छे
लाखौं कमाइ भए पनि आफै गर्छन् मोजमस्ती
सहयोग गर्न परे पर पन्छिन्छन् यो कलिका मान्छे
न त मान्छन् डर कानुनको न त भगवानको नै हेर्नुस्
आफुले आफैलाइ के सम्झिन्छन् यो कलिका मान्छे
भन्ने बेला आधुनिक युगको पढेलेखेका भन्छन्
कुरै नबुझी बाह्र हात उफ्रिन्छन् यो कलिका मान्छे
व्यास ६ तनहुँ हाल अफ्रिका