• २०८३ जेष्ठ १७ गते आइतवार

तीन दिनदेखि बेपत्ता हबल्दार मृत भेटिए

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक ४, कैलाली । ३ दिनदेखि बेपत्ता कैलालीको धनगढी उपमहानगरपालिकाको अस्थायी प्रहरी बिट जुगेडाका हबल्दार रामबहादुर साउद मृत अवस्थामा फेला परेका छन् ।

शनिबार रातिदेखि बेपत्ता साउदको शव मोहना नदीमा फेला परेको हो।जुगेडाका इन्चार्ज ९असई० गोविन्द विकसँगै शनिबार साँझ सीमा क्षेत्रमा उनी गस्तीमा गएका थिए । असई विकको शव आइतबार बिहान मोहना नदीमा फेला परेको थियो। साउदको भने खोजि कार्य भइरहेको थियो । साउदको शव पनि मोहना नदीमै फेला परेको प्रहरीले जनाएको छ । असई विकको शव भेटिएको स्थानभन्दा करिब तीन सय मिटर यता साउदको शव फेला परेको बताइएको छ।हत्यामा संलग्‍न आशंकामा प्रहरीले १६ जनालाई पक्राउ गरिसकेको छ ।

त्यसमध्ये ६ जनाले हत्या स्वीकार गरेको बताइएको छ । घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस