• २०८३ बैशाख १६ गते बुधवार

सल्यानमा भरुवा बन्दुक सहित दुई जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १८, सल्यान। अवैध भरुवा बन्दुक सहित दुई जना पक्राउ परेका छन् । कालिमाटी गाउँपालिका  कुल बहादुर सारु र  कमल घर्तीलाई २ थान अवैध भरुवा बन्दुक सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

सारुले घर नजिकै खोल्सोमा स्याउलाले छोपी भरुवा बन्दुक लुकाई राखेको र घर्तीले आफ्नै खेतबारीमा भरुवा बन्दुक लुकाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कर्यालय कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस