फाल्गुन १५, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसका ८१ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा दुई हजार ८२४ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ८१ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल बिरामीको संख्या दुई लाख ७४ हजार ६५ पुगेको जनाएको छ । पछिल्लो चौबीस घण्टामा दुई जना कोरोना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । हालसम्म कोरोना सङ्क्रमणे मृत्यु हुनेको संख्या दुई हजार ७७३ पुगेको मन्त्रालयले उल्लेख गरेको छ ।