• २०८३ बैशाख १५ गते मङ्गलवार

गजल ! “देश भरीनै नव लैण्डुबको भरमार हुँदा “

सुरेश कुमार पान्डे पढ्न लाग्ने समय : १ मिनेट

देश भरीनै नव लैण्डुबको भरमार हुँदा,
राजनीति पनि ता उनैको ब्यापार हुँदा।

देश टुक्रा टुक्रा भएकोछ जात र धर्ममै,
संघियता ल्याउँन नेता लाई हतार हुँदा।

के देखेर ल्यायो देशमा संघिय सरकार,
योनै आफ्नो जरा काट्ने हथियार हुँदा।

फनफनि घुमि त्यही खतरा आईलाग्यो,
खै काटेनौ आफ्नै हातमा औजार हुँदा।

जनताले चाहेर त भैन सरकारले सुनेन,
हथियार उठ्छ एक दिन दिकदार हुँदा।

प्रतेक दशक मा गृहयुद्ध हुँदै आएकोछ,
देश भित्रको यस्तै बस्तुगत आधार हुँदा।

महेङ्गी र भ्रष्टचारले आकाश छोएको छ,
कसरी सहन्छौ जनताले हाहा कार हुँदा।

Sharing

प्रतिक्रिया दिनुहोस