• २०८३ कार्तिक २५ गते मङ्गलवार

आज मौसम : देशभर वर्षा, सतर्कता अपनाउन अनुरोध

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

असार ०६, काठमाडौं । शनिबार दिउँसो सुदुर पश्चिम प्रदेश मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहनेछ।प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १,बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का एक वा दुइ स्थानमा भारी वर्षाको संभावना रहेको छ। यस्तै राती सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेश मा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पुर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश ५, वागमति प्रदेश, प्रदेश १, गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल भारतको पूर्वि उत्तर प्रदेशको भू-भागमा न्युन चापिय प्रणाली अवस्थित छ। जसका प्रभावले देशभर सामान्यतया बदली रही थोरै स्थानहरुमा हल्का देखी मध्यम वर्षा भैरहेको देखिन्छ ।

महाशाखाले प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का धेरै स्थानहरुमा साथै कर्णाली र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको बताएको छ । साथै महाशाखाले प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुइ स्थानमा भारी वर्षाको पनि संभावना रहेका कारण ती क्षेत्रहरुका नदीमा पानीको वहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने संभावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन हुन सबैलााई अनुरोध गरेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस