• २०८३ भाद्र २५ गते बिहिवार

लागूऔषधसहित भारतीय पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फाल्गुण १०, भक्तपुर । प्रहरीले लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार भारत बेतिया सिक्टा गाउँ–१० बस्ने ४७ वर्षीय आनन्दराम चमारलाई लागूऔषधसहित पक्राउ गरिएको हो ।

प्रहरीले चमारका साथबाट अवैध डाइजोपाम ३००, नोर्फिन ३०० र फेनेरागन ३०० थान बरामद गरेको जनाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस