माघ १, काठमाडौं । पीडितको मुद्दा मिलाइदिन्छु भन्दै रकम माग्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त, थानकोटका अनुसार बिहीबार बिहान साढे ७ बजे काठमाडौं महानगरपालिका-१५ स्वयम्भूबाट मकवानपुर टिष्टुङ पालुङ नगरपालिका-१२ का३९ वर्षीय चन्द्र लामा भन्ने बुद्धिबहादुर घलानलाई पक्राउ गरेको हो ।

घलानलाई महानगरीय प्रहरी अपराध महाशाखा तथा महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो। प्रहरीका अनुसार उनले वृत्तमा अनुसन्धानको भइरहेको एक मुद्दा मिलाइदिन्छु भन्दै पीडितसँग ९० हजार रुपैयाँ मागेका थिए। उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।