• २०८३ बैशाख ७ गते सोमवार

आरआर क्याम्पसमा स्ववियु चुनाव स्थगित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ५, काठमाडौं । काठमाडौं प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर)मा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव स्थगित भएको छ। आरआर क्यामपसमा आज चुनाव तय भएको थियो।

सोमबार मध्यराति नेकपा (एमाले)निकट अनेरास्ववियु र एकीकृत समाजवादीनिकट अनेरास्ववियूले विद्यार्थी परिचयतपत्रमा कैफियत देखाउँदै तालाबन्दी गरेका थिए।

चुनाव हुने दिन बिहान क्याम्पसको निर्वाचन समितिले स्ववियू चुनाव स्थगित गरेको बताएको छ। विद्यार्थी संगठनसँगको छलफलपछि अर्को मिति तोकिने निर्वाचन समितिले जानकारी दिएको छ।

May be an image of text

Sharing

प्रतिक्रिया दिनुहोस