• २०८३ बैशाख १० गते बिहिवार

चितवनमा गैँडाको आक्रमणबाट एकजना घाइते

राकेश श्रेष्ठ पढ्न लाग्ने समय : १ मिनेट

पुष ११, चितवन । पूर्वी चितवनको खैरहनीमा गैँडाको आक्रमणबाट एक घाइते भएका छन् । घाइते हुनेमा खैरहनी नगरपालिका–११ का ४५ वर्षीय फुलबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार तामाङलाई गैँडाले घर नजिकैको बारीमा आक्रमण गरेको हो । शुक्रबार राति गैँडाले आक्रमण गरेका उनीको गम्भीर अवस्थामा भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस