• २०८३ जेष्ठ ६ गते बुधवार

थप एक कोरोना संक्रमितको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ९, चितवन । चितवनको भरतपुर अस्पतालमा उपचाररत एक कोरोना संकमित पुरूषको मृत्यु भएको छ । मंसिर ४ गते ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएर अस्पताल भर्ना भएका रत्ननगर नगरपालिका–१० का ५२ वर्षीय पुरुषको मंगलबार विहान मृत्यु भएको हो ।

मंसिर ७ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरूषको स्वास्थ्य अवस्था जटिल भएपछि सोमबार उनलाई कोभिड आइसियूमा राखेर उपचार गरिएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस