• २०८३ बैशाख ११ गते शुक्रवार

रौतहटमा युवतीको गोली हानी हत्या

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २७, रौतहट। रौतहटको माधवनारायण नगरपालिकामा १७ वर्षीया एक युवतीको गोली हानी हत्या भएको छ । गएराति सुतिरहेको बेला उनको दायाँ कन्चटमा गोली प्रहार भएको माधवनारायण नगरपालिका वडा नम्वर ७ लौकाहाका रामअयोध्या साहकी छोरी अमृता कुमारी साहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतकी आमा सिता देवी साह राति घरको ढोका खोली शौचालयतर्फ गएको मौका छोप्दै अज्ञात व्यक्ति घरमा प्रवेश गरेर अमृताको टाउकोमा गोली प्रहार गरेको बताइएको छ । गोलीको आवाज सुनेर आफू शौचालयबाट निस्केर कोठामा जाँदा छोरी छटपटाएको देखेको र केहीबेरमै उनको मृत्यु भएको आमा सिता देवीले बताइन् ।

सुतिरहेको अवस्थामा विवाहित महिलाको माइतीघरमा हत्या भएको खबर प्राप्त भएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । महिलाको प्रेमप्रसंगका कारण हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनामा संलग्नको पहिचान भइसकेको र अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस