• २०८३ जेष्ठ २१ गते बिहिवार

राष्ट्रिय एकता अभियानको सुनसरीमा प्रर्दशन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २९, सुनसरी । राष्ट्रिय एकता अभियानले चीन र पाकिस्तानविरूद्द आइतबार सुनसरीमा प्रदर्शन गरेको छ। अभियानले पाकिस्तानको इस्लामाबादमा निर्माणाधिन पहिलो एैतिहासिक हिन्दु मन्दिर निर्माण कार्य गर्न रोक लगाएको प्रति घोर भत्सर्ना गरेको छ।

अभियानले सुनसरीको इनरूवामा एक विरोध र्याली निकाल्दै पाकिस्तानका प्रधानमन्त्री इमरान खानद्वारा गरिएको हस्तक्षेपको भत्सर्ना गरेको छ। महासंघले र्यालीपछि कोण सभा गर्दै इमरानविरूद्द चर्को नाराबाजी गरेको हो। इस्लामावादमा हिन्दु मन्दिर बनाउन दिनु हुँदैन भनेर दर्ता गरिएको रिट निवेदन पाकिस्तानको अदालतले खारेज गरेपछि अभियानले आपत्ति जनाएको हो। अभियानका एक कार्यकर्ताले भने,ु पाकिस्तानमा अल्पसंख्यक हिन्दु समुदायमाथि अहिले पनि त्यहाँको सरकारले दमन गरिरहेको छ। हिन्दु मन्दिर बनाउन नदिनु अर्को ठुलो अपराध त्यहाँको सरकारले गरिरहेको छ। पाकिस्तान सरकारले यसअघि राजधानी इस्लामावादमा हिन्दु मन्दिर बनाउन १० करोड रकम विनियोजन गरेको थियो । तर, पाकिस्तानी मुस्लिम लिग (पीएमएल(क्यू) ले राजधानी इस्लामावादमा हिन्दु मन्दिर बनाउने विषयमा विरोध गर्दै रोक लगाएको थियो ।

त्यस्तै अभियानले पछिल्लो समय चीनले नेपालको भूमि अतिक्रमण गरिरहेको आरोप लगाएको छ। सोही क्रममा अभियानका एक कार्यकर्ताले भने, “रूइ गाउँ नेपालको नै भएको यथेष्ठ प्रमाण हुँदा पनी चीनले कब्जा गरेको छ, यो नेपाललाइ सहन्य हुँदैन।”

Sharing

प्रतिक्रिया दिनुहोस