कार्तिक २३, नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. ५ दुबौलियामा शुभ दिपावलि तथा छठ पर्वको अवसरमा नेपाली काङ्ग्रेसको शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ। नेपाली काङ्ग्रेस सरावल गाउँपालिका कार्यसमितिको आयोजनामा कार्यसमिति सभापति बिनोद कुमार पाण्डेयको अध्यक्षता तथा नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सभापति बिष्णु प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेस जिल्ला सभापति पौडेलले नेपाली काङ्ग्रेस सबै वडा स्तरका कार्यकर्ता सक्रियताका साथ लागेर काङ्ग्रेस बलियो बनाउन आग्रह गर्नुभएको छ । अहिले सम्मका परिवर्तनहरुमा काँग्रेसको नेतृत्वदायी भूमिका रहेको बताउँदै अब यश क्षेत्रको विकास र समृद्धिको नेतृत्व समेत काँग्रेसले नै गर्ने बताउदै दिपावली तथा छठ पर्वको शुभकामना ब्यक्त गर्नुभएको हो ।

त्यस्तै जिल्ला समन्वय समिति प्रमुख शिवशंकर रायले जनसमुदाय तथा मतदातालाई सहि जनप्रतिनिधि छानेमात्र देश बिकास हुने बताउनु भएको हो। कम्युनिस्ट पार्टीले छलिठगि गर्दै अगाडि बढेको हुनाले उनिहरुको क्रियाकलाप रोक्न र जनता जागरुक हुनुपर्ने कुरामा जोड दिनुभएको हो। भारतबाट बिवाह गरि आउने बुहारीको नागरिकता बनाउन सात बर्ष कुर्नुपर्ने जस्ता जनतालाई दुख दिने तमाम यजेन्टा र क्रियाकलाप कम्युनिस्टले गरिएको हुनाले यसप्रति सबैले जागरुक भइ लाग्नुपर्ने बताउनुभएको हो।

त्यस्तै नेपाली काङ्ग्रेसका केन्द्रीय संगठन बिभाग सदस्य मोहन प्रसाद शर्माले कम्युनिस्ट सरकारले झुठको खेती गर्दै आइरहेको र भस्टाचार तथा बलात्कारको घटनामा लिप्त भइ देशका जनतालाई दुखि बनाएको छ । नेपाली काङ्ग्रेस जनताको पार्टी भएको हुनाले जनताको समस्या समाधान केवल नेपाली काङ्ग्रेस गर्ने भएको हुनाले अबको सरकार नेपाली काङ्ग्रेसको सरकार बनाउनमा जनसमुदायलाई अनुरोध गर्नुभएको हो।
त्यस्तै नेपाली काङ्ग्रेसका नेता अनिल गौडले जग्गा बिवादित र ताल तलैयामा अस्पताल बनाउन नमिल्ने भएको हुनाले सहि जग्गा छनौट गरि ल्याउन वडा नं. ५ का जनप्रतिनिधिहरुलाई अनुरोध गर्नुभएको हो। १५ सैयाको अस्पताललाई राजनीतिक रुपमा नलिइ सबैको सहयोगबाट सहि ठाउँ छनौट गरि निर्माण कार्यमा सहजता ल्याउन आफुबाट चाहिने सहयोग र साथ दिनुपर्ने प्रतिद्धता ब्यक्त गर्नुभएको हो। नेपाली काङ्ग्रेस पार्टी सधै जनताको हितमा काम गरिरहेको हुनाले जनताको समस्या बुझि अगाडि बढेको बताउनुभएको हो।
त्यस्तै गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले गा।पा अध्यक्ष भएको नाताले समग्र जनताको समस्या बुझ्दै समाधान गर्न लागिपरेको बताउनु भएको हो।सरावल गाउँपालिका भित्रका बच्चाहरुमा केही कुपोषण सृजना भएको हुनाले स्वास्थ्य समस्या समाधान गर्न बर्थिङ सेन्टर तथा अस्पताल बनाउन लागिपरेको जानकारी दिनुभयो । सरावलमा १५ सैयाको अस्पताल नितिगत रुपमा आएको बताउदै कुनै पार्टीले जस वा झुठा आसास्वासन देखाइराछ भने उसको गल्ति हो। १५ सैयाको अस्पताल वडा नं. ३ मा तोकिएर बन्न आएको भए पनि बाढी डुबान क्षेत्रलाई मध्यनजर गर्दै वडा नं। ५ मा कार्यपालिकाबाट निर्णय गरिएको बताउदै अस्पताल कुनै बिवादित जग्गा र नदि तालमा बनाउन नमिल्ने भएकोले यसप्रति वडा जनप्रतिनिधि सहि जग्गा छनौट गर्न अनुरोध गर्नुभएको हो।
त्यस्तै महाधिवेशन प्रतिनिधि तथा गाउँपालिका उपाध्यक्ष उत्तमा रायले सरावल गाउँपालिकालाई काङ्ग्रेसको गढ बनाउन आफू सधै लागि परेको र काङ्ग्रेस प्रति प्रतिबद्ध रहेका सबैले एकढिक्का हुनुपर्ने कुरामा जोड दिनुभएको हो।
शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रममा नेपाली काङ्ग्रेस क्षेत्रीय उपसभापति चन्द्र कुमार गुप्ता,वडा नं. ५ सभापति शिवनाथ तिवारी, वडा नं। ७ सभापति सन्जय कुमार मिश्रा, कार्यपालिका सदस्य जोखु गौड, वडा सदस्य सुधव सहानि, लक्षमण चौधरी,बालमुकुन्द चौधरी,अशोक बरइ लगायतले दिपावलि तथा छठ पर्वको शुभकामना सहित आफ्नो मन्तब्य राख्नुभएको थियो।
कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला ,क्षेत्रीय तथा स्थानीय नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियोे ।