• २०८३ साउन १७ गते आइतवार

कालीकोटबाट हेलिकप्टरमार्फत गर्भवतीको उद्धार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १३, कालीकोट। जिल्लाको पलाँता गाउँपालिकाबाट गर्भवती महिलाको स्थानीय स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि हेलिकप्टरमार्फत थप उपचारका लागि सुर्खेत लगिएको छ ।

पलाँता गाउँपालिका पारौटीका जयपुरा बमको स्थानीय स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत शुक्रबार बेलुका उद्धार गरिएको हो ।

गर्भवती रहेकी बमको सुत्केरी ब्यथा लागेपछि स्थानीय स्वास्थ्यचौकीमा आएको र पाठेघरको मुख खुले पनि शिशु जन्मिन नसकेका कारणले थप उपचारका लागि हेलिकप्टरमार्फत उद्धार गरेर सुर्खेत लगिएको स्वास्थ्य केन्द्रका स्वास्थ्य शाखा प्रमुखले बताए ।

बमको शरीरमा रगतको मात्रा कमी रहेको तथा स्वास्थ्य अवस्थासमेत कमजोर रहेको र पाठेघरमा जटिल समस्या देखिएका कारण हेलिकप्टर मार्फत उद्धार गरी सुर्खेतस्थित प्रदेश अस्पताल थप उपचारका लागि लगिएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस