• २०८३ जेष्ठ २८ गते बिहिवार

पाल्पामा थप एक कोरोना संक्रमितको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक १८, पाल्पा । पाल्पामा थप एक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । रामपुर नगरपालिका–७ का ४४ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।

कात्तिक ५ गते कोरोना पुष्टि भएको उनको तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा उपचाररत अवस्थामा सोमबार राति १ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । उनलाई स्वास प्रश्वासमा समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो ।

योसँगै पाल्पामा कोरोना कोरोनाका कारण ११ जनाको मृत्यु भएको छ । पाल्पामा हालसम्म १ हजार १५६ जना कोरोना सङ्क्रमित भएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस