असार २०, काठमाडौं । नेपाल प्रहरीका आइजिपी ठाकुर ज्ञवालीलाई गृह जिल्ला दाङको सिसहनियाँमा शुक्रबार स्वागत गरिएको छ नेपाल प्रहरीको आइजिपी पदमा बढुवा भएपछि पहिलो पटक आफ्नो गृह जिल्ला दाङको सिसहनियाँ आईपुगेका ज्ञवालीलाई स्थानीय बासीहरुले स्वागत गरेका हुन् ।
सुर्खेतमा नयाँ प्रहरी चौकी भवन उद्घाटन गरी फर्किने क्रममा दाङको सिसहनियाँमा अनौपचारिक तथा पारिवारिक भेटघाट गरेका हुन। आइजिपी ज्ञवालीको स्थायी घर दाङको राप्ती गाउँपालिका-५ सिसहनियाँ हो । आइजिपी ज्ञवालीलाई सिसहनियाँ प्रहरी चौकीमा एक अनौपचारिक कार्यक्रमको आयोजना गरेर स्वागत गरेका थिए । यसैबीच आईजिपी ज्ञवाली शुक्रबार नै काठमाडौं फर्किएको ५। नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी रबिन्द्र धानुकले जानकारी दिनुभएको छ ।