• २०८३ असार १३ गते शनिवार

११ थान भरुवा बन्दुकसहित ११ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २९, बाग्लुङ । बाग्लुङमा ११ थान बन्दुकसहित प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । अभिभावकको मोबाइल फोन चलाएका एक बालकले अनायासै सामाजिक सञ्जालमा पोष्ट गरेको तस्विर प्रहरीले देखिपछि इलाका प्रहरी कार्यालय बुर्तिबाङले राति खानतलासी गर्दा पश्चिम बागलुङको तमानखोला गाउँपालिका वडा नं.२ बाट बन्दुकसहित ११ जना पक्राउ परेका हुन् ।


बिना इजाजत राखिएका बन्दुकसहित उनीहरुलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बुर्तिबाङ ल्याउने तयारी भैरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस