• २०८३ जेष्ठ २५ गते सोमवार

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ८, काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ८२ पैसा र बिक्री दर १३२ रुपैयाँ ४२ पैसा पुगेको छ ।

त्यसैगरी युरो एकको खरिद दर १४३ रुपैयाँ ०९ पैसा र बिक्री दर १४३ रुपैयाँ ७४ पैसा तोकिएको छ । बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २४ पैसा र बिक्री दर १६८ रुपैयाँ शून्य पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १६ पैसा र बिक्री दर ३६ रुपैयाँ ३३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस