थोरै सुख र सुबिधाको आसमा घर छाडे,
भएर ता दुःखै दुःखको राशमा घर छाडे।
बाल मज्दुर बनी हिँडेकै हुँ म आफै पनि,
थिएनन कोही धर्ती आकासमा घर छाडे।
रीत्तो झोला आँखा भरी थिए सपना हरु,
थ्यो आमा को आसिक पासमा घर छाडे।
भन्छन धेरैले आफुलाई दुखारे समाज मै,
सोध दुखःकस्तो थियो र खाश घर छाडे।
चाहाना कस्लाई हुँदैन खेल कुँद गर्ने यँहा,
कुनै सहारा थिएन र भँए हतास घर छाडे।
धेरै आस थियो समाज परिवर्तन गर्ने मेरो,
बिस्तारै सपनानै भयो सत्यानाश घर छाडे।