• २०८२ असार ४ गते बुधवार

गौशालाबाट ३५ लाख नगदसहित हुण्डी कारोबारी पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

जेठ ५, काठमाडौं । राजधानीको गौशालाबाट करीब ३५ लाख नगदसहित हुण्डी कारोबारी पक्राउ परेका छन् ।

अवैध हुण्डीको कारोबार हुने गरेको गोप्य सुचनाको आधारमा प्रहरी बृत्त गौशालाका डीएसपी सुनील मल्लको नेतृत्वमा खटिएको टोलीले सोलुखुम्बु अर्जुन राई, सुलिन राई तथा सुनसरीका जगत खड्कालाई गौशाला गणेशस्थानबाट ३४ लाख ८९ हजार ३०० रुपैयाँसहित पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस